‘जिदान सामु रियल म्याड्रिडको यस्तो माग’

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यस सिजनको अन्त्यमा जिदानलाई क्लब छोड्न दिन सक्ने खबर छ।

जिदानको नेतृत्वमा यो सिजन रियलको प्रदर्शनमा स्थिरता धेरै रहेको छैन, कोपा डेल रे र सुपरकोपा डे एस्पानाको असफलता पछि रियल हाल लिगमा आफ्नो प्रतिद्वन्द्वी एटलेटिको भन्दा १० अङ्कले पछि रहेको छ।

सो अवस्थामा, फ्लोरेन्टिनोले जिदानलाई आफ्नो जागिर बचाउन उनको लागि एक ठुलो लक्ष्य सेट गरेको खबर छ।

ए एसका अनुसार जिदानले यो सिजनमा रियल संग च्याम्पियन्स लिग जिते मात्र पेरेजले उनलाई क्लबमा राख्न छन्।

हाल केवल युरोपको कपमा रियलको प्रतिस्पर्धामा जीवित रहेको छ।