जिदान रियलको प्रशिक्षकबाट पछि हट्ने

एजेन्सी, फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानले रियल म्याड्रिड टोलिलाई आफुले क्लब छोड्ने निर्णयमा पुगेको सेभियाको खेल पछि बताएको छ। उन्ले छोड्ने खबरसंगै युभेन्ला प्रस्ताव राख्ने तयारीमा छ।

जिदान यो सिजनको अन्तिममा क्लब छोड्ने छन। स्पेनिश रेडियो ओन्डा सेरोका अनुसार फ्रेन्च प्रशिक्षकले आफ्ना खेलाडीलाई सेभियाको खेल पछि सो निर्णय बताइसकेका छ्न।

म्याड्रिडले आइतबार ला–लिगामा एथलेटिक बिलबाओ क्लबको सामना गर्नेछ र २३ मेइमा भिल्लारियालसँग प्रतिस्पर्धा गरेपछि यो सिजन अन्त्य हुनेछ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि नै जिदानले क्लब छाड्ने धारणा बनाइसकेका थिए । उनले शारिरीक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रुपमा उल्लेख गरेका छन् ।

खेलाडीका रुपमा युभेन्टस्मा ख्याति कमाएका जिदान क्लबका लागि राम्रो उम्मेदवार हुन्छन् । तर, यसका लागि क्लबका वर्तमान प्रशिक्षक आन्द्रे पिर्लो हट्नुपर्ने हुन्छ । अनि, रियल छाडेलगत्तै जिदान फेरि प्रशिक्षणमा फर्कन्छन् वा फर्कन्नन् भन्ने पनि निश्चित छैन ।