जिदान भन्छन्, ‘म्यानचेष्टर युनाईटेड जान चाहन्छु’

रियल मड्रिडका पुर्व म्यानेजर जिनेदिन जिदानले आफु म्यान्चेस्टर युनाईटेडमा जान चाहेको बताएका छन् । भर्खरै मात्र एक टेलिभिजनसंग कुराकानी गर्दै उनले म्यान युले आफुलाई प्रस्ताव गरेमा आफुले ओल्डट्रोफोर्डको जिम्मेवारी समाल्ने बताएका हुन् ।

च्याम्पियन्स लिगको २०१७–१८ को सिजन पछि रियल छोडेका जिदान अहिले खाली छन् ।
उनले भने “म फेरी टेनिङमा फर्किन चाहान्छु र यो चाडै हुन्छ । जो मैले चाहेको हुँ ।” मैले जिवनमा जति खेलमा प्रगति गरेको छु, मलाई लाग्छ म यसको लायक छु ।

उनले म्यान्चेस्टर युनाईटेडबाट आफुलाई अफर आउन सक्ने बताएका छन् । उनले जोसे माउरिन्होको स्थानमा आफुलाई प्रस्ताव आउने अपेक्षा गरेको बताएका छन् ।