जिदान फ्रान्स राष्ट्रिय टोलीको कोच बन्ने

पूर्व रियल म्याड्रिड कोच जिनेदिन जिदान फेरी फुटबलमा कोचको रूपमा फर्किन नजिक रहेको धेरै चर्चा भएको थियो भने हाल खबर अनुसार उनी फ्रान्स राष्ट्रिय टोलीको कोच बन्ने छन्।

लिबर्टाड डिजिटलका अनुसार जिनेदिन जिदानले कतारमा २०२२ फिफा विश्वकप पछि फ्रान्सको प्रबन्धकको रूपमा डिडियर डेसच्याम्प्सको स्थान लिनेछन्। २०२२ पछि फ्रेन्च फुटबल संघ र डेसच्याम्प्स बीचको सम्झौता अन्त्य हुने छ भने डेसच्याम्प्स संग फ्रेन्च फुटबलले सम्झौता विस्तार नगर्ने जानकारी छ।

२०२१को मेमा उनले सिजनको अन्त्य पछि रियल म्याड्रिड छोड्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए भने रियल छोडे पछि हाल सम्म उनी क्लब विहीन रहेका छन् २०२२ विश्वकप पछि फ्रान्सको प्रबन्धकको रूप फुटबलमा फर्किने छ।

२०/२१ सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा चेल्सीसँग पराजित भएपछि जिदानले क्लब छाड्ने धारणा बनाएका थिए भने शारीरिक र मानसिक थकानलाई क्लब छाड्नुपर्ने कारणका रूपमा उनले उल्लेख गरेका थिए हाल उनी फेरी फुटबलमा फर्किने तयारीमा रहेका छन्।

जिदानले कोचको रूपमा रियल म्याड्रिड सँग २ लिग उपाधि र ३ च्याम्पियन्स लिग उपाधि सहित धेरै ट्रफीहरु जितेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ