‘जिदान फ्रान्सको कोच बन्न सक्छन’

फ्रान्स कोच डिडिएर डेसच्याम्पले रियल म्याड्रिडका कोच जिनेदिन जिदानले टिममा आफ्नो कोचको पद लिन सक्ने बताएका छन्।

२०२२ कतार विश्व कप पछि जिदानले डेसच्याम्पको प्रतिस्थापन गर्ने चर्चा छ। उनको वर्तमान सम्झौता त्यो समयको गर्मिमा अन्त्य हुने छ ।

“प्रशिक्षकको रूपमा उनको सफलताले उनको बारे धेरै विश्वसनीयता दिएको छ,” डेसच्याम्पले भने।

“उनीसँग वैधानिकता थियो, तर अब उनिसँग पनि विश्वास छ।

“उनले एक दिन फ्रान्सको टिममा मेरो ठाउँ लिन सक्छन। ”