जिदान पछि हटेपछि यि प्रशिक्षक भित्र्याउने रियल म्याड्रिडको तयारी

एजेन्सी, रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरे सँगै रियल नयाँ प्रशिक्षकको खोजीमा छ। रिपोर्टका अनुसार रियलको नजर इटालियन प्रशिक्षक मासिमिलियानो अलेग्री माथी परेको छ।

रिपोर्टका अनुसार तीन वर्ष अघि पनि रियल अलेग्रीलाई भित्र्याउन चाहन्थ्यो तर अलेग्री इटालीयन क्लब युभेन्टस सँग अनुबन्धित भएका कारण अलेग्रीले सो प्रस्ताव अस्विकार गरेका थिए। हाल अलेग्री कुनै पनि क्लब सँग अनुबन्धित नरहेकाले प्रस्ताव आएको खण्डमा उनले सो प्रस्ताव स्वीकार गर्ने सम्भावना प्रबल देखिएको छ।
५३ वर्षका पुर्व खेलाडी अलेग्रीले युभेन्टसका साथसाथै ए.सि. मिलान जस्ता क्लबहरुलाई पनि प्रशिक्षण दिई सकेका छन्। रिपोर्टका अनुसार रियलको नजर अलेग्रीका साथसाथै रियल म्याड्रिडकै पुर्व खेलाडी रउल माथी पनि परेको छ।