जिदानेले रियल मड्रिड छाड्नुको बास्तबिक कारण बाहिरियो

स्पेनिस क्लब रियल मड्रिडले लगातारको तेस्रो च्याम्पियन्स ट्रफि जित्दा, त्यसको ठूलो हकदार लिजेन्ड जिनेदिन जिदाने पनि थिए । तर, लिग जिताएर उनले राजीनामा दिँदा पूरा फुटबल फ्यानहरु दुःखी भएका थिए । आखिर के त्यस्तो कारण थियो जसले गर्दा उनले क्लब नै छाड्नु पर्यो ।

मड्रिडका पूर्वप्रेसिडन्ट रामोन काल्डेरनका अनुसार जिदानले क्लब छाड्नुको मुख्य कारण तत्कालिन प्रेसिडेन्ट फ्लोरेन्टिनो पेरेजको गलत निर्णय रहेको जनाइएको छ । जिदानले रोनाल्डोलाई क्लबबाट बाहिरिन दिएका थिएनन् तर पेरेजले रोनाल्डोलाई बेचेकै कारण जिदानले म्यानेजर पदबाट राजीनामा दिएका थिए ।

जिदानले रोनाल्डोलाई राखेर ग्यारेथ बेललाइ बेच्न सल्लाह दिएका थिए । तर, पेरेजले ठीक त्यसको उल्टो गरिदिएका कारण जिदानले दुःखी हुँदै क्लब छाडेका थिए ।