जिदानले सिजनको अन्त्यमा आफ्नो भविष्यबारे निर्णय लिने

एजेन्सी, रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदान अर्को सिजन क्लब छाडेर जान सक्ने सम्भावना देखिएको छ। रिपोर्टका अनुसार जिदानले यस्को निर्णय सिजनको अन्त्यमा मात्र गर्नेछन्। उनी हाल ला लिगाको आगामी खेलहरु तर्फ नै केन्द्रित छन्।

रियल म्याड्रिड यसै साता च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। ला लिगाको बिजेता बन्ने दौड पनि अत्यन्त प्रतिस्पर्धात्मक भइरहेको हुँदा उनी हाल आगामी खेलहरु तर्फ नै केन्द्रित हुन चाहान्छन्। 

रिपोर्टका अनुसार कोभिडका कारण खेल तालिका अत्यन्तै व्यस्त हुनुका साथसाथै खेलाडीहरु घाइते भई रियल म्याड्रिडको खेल प्रदर्शनमा असर पुग्न गएको कारण उनी केही समय फुटबलबाट विश्राम लिन चाहान्छन्। उनी रियल छाडी फ्रान्सेली राष्ट्रिय टोलिको प्रशिक्षक हुन चाहेको कुरा पनि अघि आएको छ।

उनले रियल छाडेको खण्डमा रियल म्याड्रिडले मासिमिलियानो एलेग्रिलाई प्रशिक्षकका रूपमा भित्र्याउन सक्ने देखिएको छ।जिदानले आफ्ना दुई छुट्टाछुट्टै कार्यकालमा रियल म्याड्रिडका लागि ११ वटा ट्रोफि जिति सकेका छन्। ती मध्ये ३ च्याम्पियन्स लिग, २ क्लब वल्ड कप, २ युरोपेली सुपर कप, २ स्पेनिश लिगहरू र २ स्पेनिश सुपर कपहरू रहेका छन्।