
रियल म्याड्रिड किलियन एम्बाप्पे साइन गर्न धेरै उत्साहित रहेको कुरा स्पष्ट रहेको छ भने क्लबका कोच पनि एम्बाप्पेका ठुलो फ्यान हुन् र उनको मद्दतले पनि अन्य दाबेदारलाई पछि पार्दै रियलले एम्बाप्पे साइन गर्ने कुरा रहेको छ।
Kylian Mbappe ‘headed towards PSG exit’ https://t.co/EUu9ND0ahA
— The Sun Football ⚽ (@TheSunFootball) November 21, 2020
तर सो कुरामा जिदानको धेरै भूमिका हुने धेरैको विश्वासले डर पनि फैलिएको छ कि यदि जिदानलाई क्लबले बर्खास्त गर्ने हो वा उनले क्लब छोडे एम्बाप्पे साइन गर्न रियल योजना असफल हुन सक्छ। तर रियलले यो कुरा स्पष्ट गरेको छ कि एम्बाप्पे २०२१मा क्लबको मुख्य लक्ष्य र प्राथमिकता हुने छन्।
A Zidane exit doesn’t change the Mbappé plan – With pressure growing on the French manager, some have suggested that this could affect the 2021 signing of his superstar compatriot, but that’s not the case. – #HalaMadrid #RealMadrid #StayHome
— OnMadridista (@OnMadridista) October 23, 2020
ए अस स्पोर्ट्सका अनुसार रियलको एम्बाप्पे योजना कुनै पनि स्थितिमा परिवर्तन हुदैन। रियलको दाबी छ कि जिदानले क्लब छोडे पनि रियलको मुख्य लक्ष्य एम्बाप्पे हुने छ र रियलले उनलाई साइन गर्न सबै प्रयास गर्ने छ।
एम्बाप्पेको आइडल जिदान रहेका छन् र उनको टिममा खेल्ने एम्बाप्पेको सपना रहेको कुरा रहे पनि रियलको विश्वास छ कि जिदान क्लबमा नरहे पनि एम्बाप्पे योजनामा परिवर्तन हुने छैन।
धेरै क्लबहरु युवा स्टार एम्बाप्पे साइन गर्न इच्छुक रहेका छन् भने रियल र लिभरपूल मुख्य दाबेदार रहेका छन्।