‘जिदानलाई रियल म्याड्रिडको सर एलेक्स फर्ग्यूसन बनाउने योजना’

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज जिदानलाई आफूले चाहेको बखत सम्म कोचको रूपमा रहन दिन इच्छुक छन्।

खबर अनुसार फ्लोरेन्टिनो यस सिजनको लालिगा उपाधिबाट धेरै खुसी छन्।

“कोच र अध्यक्षको सम्बन्ध हाल धेरै राम्रो भएको छ, लिग उपाधिले जिदानमा पेरेजको विश्वास बढेको छ।

“फ्लोरेन्टिनो जिदानलाई रियल म्याड्रिडको (सर एलेक्स) फर्ग्युसन बनेको देख्न चाहन्छन्, उनी जिदानलाई आफूले चाहेको जस्तो लामो समयसम्म रहोस् भन्ने चाहान्छन, उनीहरूले लिखित रूपमा नभए पनि उनीलाई आजीवन सम्झौता दिन चाहन्छन् , र जब उनले कोचिंग छोड्नेछन्, उनलाई क्लबमै खेल निर्देशकको पद दिने पेरेजको योजना रहेको छ। “