जिदानलाई प्रशिक्षकको रूपमा भित्र्याउनु बारेमा येस्तो भने म्यान्चेस्टर युनाइटेडले

प्रिमियर लिगको कमजोर क्लब मानिएको ब्राइटन एण्ड होव अल्वियनसँग ३–२ ले पराजित भएपछि म्यान्चेष्टर युनाइटेडका समर्थक प्रशिक्षक जोसे मोरिन्हो प्रति आक्रोशित छन् ।

प्रिमियर लिगको दोस्रो खेलमा भोगेको हारका कारण मोरिन्होप्रति ब्यापक आलोचना हुँदै आएको छ । उनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक भित्र्याउनु पर्ने स्वरहरु आउन थालेका छन् । तर क्लबको बोर्डले भने मोरिन्होको विकल्प नखोजिने स्पष्ट पारेको छ ।

मारिन्होलाई बर्खास्त गरेर हाल कुनै क्लबमा आबद्ध नरहेका रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई अनुबन्ध गर्नका लागि सुझाव आइरहेका बेला क्लबले, ‘जिदानेको बारेमा किन छलफल गर्नु परयो ? जव की यहाँ प्रशिक्षकको पद खाली नै छैन’, भनेको छ ।

क्लबमा केही खेलाडी थप्नु पर्ने भनेर मोरिन्होले बोर्ड सामु राखेको प्रस्ताव अस्वीकृत हुँदा मोरिन्हो पनि निराश छन् । उनी सेन्टर डिफेन्समा एन्थोनी मार्सियलको विकल्पका रुपमा खेलाडी अनुबन्ध गर्न चाहन्थे ।

अनुबन्ध गर्ने कुनै बाटो खुल्ला नभएपछि मोरिन्होले क्लबका लागि ‘कठीन सिजन’ हुने प्रतिक्रिया दिएका थिए ।