जिदानलाई गुटीको त्यो उत्कृष्ट ब्याक हिल पास

रियल म्याड्रिडका लेजेण्ड गुटी एक उत्कृष्ट टिम खेलाडी थिए उनि आफु गोल नगरी आफ्नो टिम मेटहरुलाई असिस्ट गर्ने गर्थे।

खेलको क्रममा उनि ब्याक हिल पास गर्नेको लागि पनि धेरै प्रसिद्ध छन् र २००६मा जिदानलाई गुटीको यो उत्कृष्ट ब्याक हिल अस्सित पक्कै पनि उनको सबैभन्दा उत्कृष्ट ब्याक हिल पास हो। सेविला बिरुद्धको खेलमा उनले जिदानलाई निकै राम्रो ब्याक हिल पास दिए जसको राम्रो उपयोग गर्दै जिदानले गोल गर्दै रियललाई २-१को अग्रता दिलाए।

उनको त्यो पासले सेविलाका सबै डिफेन्डर चकित भए र जिदानले सजिलैसँग गोल गरे। त्यो खेल रियलले ४-२ले जितेको थियो र उनको त्यो ब्याक हिल पास अझै पनि फ्यानहरुको यादमा रहेको छ।

गुटीले रियलको लागि ४०० खेल खेले भने उनले खेलमा निकै उत्कृष्ट पासहरु दिने गर्थे। २०१०मा बेंजामालाई उनको नो लुक पास पनि धेरै चर्चित भएको थियो।