जिदानका छोरा र सर्जियो रेगुलियन बीचको विवादको कारणले जिदानले रेगुलियनलाई बेचेको खुलासा

रियाल म्याड्रिडले सर्जियो रेगुलियनलाई यस गर्मीमा टोटेनह्यामलाई बेचेको थियो र डेली मेलका अनुसार फुल-ब्याक सर्जियो रेगुलियन र व्यवस्थापक जिदानेका छोरा लुका जिदान बीच भएको मतभेदको कारण रियलले उनलाई बेचेको हो ।

यो सिजनको गर्मीमा सर्जियो रेगुलियनलाई रियलले £३० मिलियनमा बेचेको थियो तर रियलले सम्झौता बाइ ब्याकको सम्झौता गरेको छ जसको मतलब रियलले चाहे स्पर्सले उनलाई रियलमै फेरी बेच्न पर्ने छ।

हाल खबर अनुसार उनलाई बेच्ने निर्णयको कारण सर्जियो रेगुलियन र जिदानेका छोरा लुका बीच भएको केहि विवाद रहेको छ।

सर्जियो रेगुलियन रियलको बि टिममा हुँदा जिदान सो टिमको कोच रहेका थिए र धेरै जस्तो समय रेगुलियनलाई उनले लोन पठाउने गर्थे। । हाल रेगुलियनको प्रदर्शन स्पर्समा निकै राम्रो रहेको छ र रियल बाइ ब्याक खण्डको प्रयोग गर्दै उनलाई फेरी साइन गर्ने योजनामा रहेको पनि कुरा छ।