जित पछि बार्सिलोनाको ट्रोलमा युभेन्टसको यस्तो कडा जवाफ

च्याम्पियन्स लिगको खेलमा जित पछि युभेन्टसले बार्सिलोनाले पोस्ट गरेको ट्रोलमा कडा जवाफ दिए ।

 

दुई टिम बीचको पहिलो खेलमा बार्साले युभेलाई २-०ले पराजित गरेको थियो र बार्साले जित पछि ट्वीटरमा युभेलाई त्याग गर्दै ट्रोल पोस्ट गरेको थियो जसमा बार्साले पोस्ट गरेका थिए “हामी खुशी छौं कि तपाईले आफ्नो पिचमा ‘गोट’ अर्थात् ग्रेटेस्ट अफ अल टाइम देख्न पाउनु भयो।” जसको जवाफमा युभेले लेखे “तपाईंले सम्भवत यो गलत शब्दकोशमा हेर्नुभयो। हामी तपाईको लागि क्याम्प नौमा सहि ‘गोट’ ल्याउनेछौं”

र हाल युभेन्टसले बार्सा बिरुद्धको खेल ३-०ले जिते पछि फेरी सो पोस्टमा कडा जवाफ दिदै पोस्ट गरे। उक्त पुरानो पोस्टलाई उल्लेख गर्दै युभेले लेखे “हामीले हाम्रो वचन राख्यौं: हामीले ‘गोट’लाई क्याम्प नौमा ल्यायौं!”।