कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लबमाथी कठिन जित निकालेको छ ।
खेलमा पहिलो हाफ गोल रहित बराबरीमा टुंगियो ।
दोस्रो हाफको सुरुवाती मिनेटमा नै मनाङका फर्वाड बिमल रानाले गोल गर्दै १-० को जित दिलएको हो ।
खेलको म्यन अफ द म्याच गोलकर्ता बिमल रानाले जिते ।
जितसंगै मनाङ १६ अंक सहित लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने जित बिहिन सरस्वती युथ क्लब अन्तिम स्थानमा रहेको छ ।
त्यस्तै दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ भने तेस्रो स्थानमा मच्छिन्द्र क्लब रहेको छ ।