जितसंगै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश

ब्राजिलले कोपा अमेरिकाको फाईनलमा स्थान पक्का गरेको छ ।

सोमबार भएको सेमिफाईनलको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।

नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।