जितसंगै चेल्सी शीर्ष स्थानमा

चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा न्युकासल युनाईटेडलाई २-० ले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा उक्लिएको हो ।

न्युकासलको मैदानमा आत्मघाती गोलबाट चेल्सीले अग्रता बनाएको थियो ।

खेलको दशौँ मिनेटमा फेड्रिको फर्नान्डेजले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ६५ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको चेल्सीले ९ खेलमा १८ अंक जोडेको छ ।

न्युकासल ११ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।