जितसंगै चेल्सी र आर्सनल अर्को चरणमा प्रवेश

इङलिस लिग लप इएफएल अन्तर्गत मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्प्टन र आर्सनलले लिड्स युनाइटेडलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

चेल्सीले खेल १-१ को बराबरीमा सक्केपछि पेनाल्टी सुटआउटमा साउथह्याम्प्टनलाई हराएको हो भने आर्सनलले लिड्सलाई २-० ले हराएको हो ।

क्वाटरफाइनलको ड्र सनिवार हुनेछ ।