जितसंगै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनाले जित निकालेको छ ।

मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे ।

उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे ।

यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

जितसंगै अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।