जितको खुसीमा रेफ्रीलाई बोके पछि खेलाडीले पाए रातो कार्ड

शुक्रवार फ्रेन्च रग्बी लिगको दोस्रो तह- रग्बी प्रो डि२मा निकै अनौंठो घटना भएको छ। खेलमा रेफ्रीको निर्णय प्रति खुसी हुँदै एक खेलाडीले रेफ्रीलाई नै बोके पछि सो खेलाडीले रातो कार्ड पाएका थिए।

फ्रान्सको रग्बी लिगको दोस्रो तहको खेलमा, होम टिम बेजियर्सले युएसओ नेवेर्सको सामना गरेको थियो।

अवे टिमको सो खेलमा ३०-२५को अग्रता रहेको थियो र खेलको अन्त्यमा रेफ्रीले खेल नेवेर्सले जितेको संकेत गरेको थियो र युएसओ नेवेर्सका खेलाडी जोसिया रायसुकी यति खुसी भए कि उनले रेफ्रीलाईनै बोके।

रेफ्री उनको व्यवहारबाट खुसी थिएनन् र रेफ्रीले रायसुकीलाई रातो कार्ड दिए। रग्बी प्रो डि२मा भएको सो घटनाको हाल धेरै चर्चा हुदै गरेको छ।