कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् ।
खेलमा पाएको अवसर गुमाउदा दुबै टोलीले १-१ अंक बाडेका हुन् ।
यो बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । जावलाखेलले ४ खेलमा ९ अंक जोडेको छ ।
एनआरटीले ४ खेलमा ५ अंक जोडेको छ ।