जारी विश्व कपमा चम्किरहेका अर्जेन्टिनाका स्टार खेलाडी एन्जो फर्नान्डेजलाई साइन गर्न प्रिमियर लिग क्लब लिभरपुल धेरै नजिक रहेको जानकारी छ।
२१ वर्षका स्टार मिडफिल्डरको खेल निकै राम्रो रहेको छ जसको कारण धेरै ठुलो युरोपियन क्लबहरुको नजर उनी माथि पर्न सुरु भएको छ भने लिभरपुल सँग अहिले नै उनको प्रि-अग्रिमेंट भएको रिपोर्ट आएको छ।
🚨 BREAKING: Liverpool have reached an ‘agreement’ with Benfica for the signing of midfielder Enzo Fernandez in June 2023. #lfc [diario la capital via liverpool echo]
— Anfield Watch (@AnfieldWatch) December 12, 2022
हाल पोर्चुगिज क्लब बेनिफिकामा खेल्दै गरेका एन्जो फर्नान्डेजले हाल सम्म अर्जेन्टिनाको लागि ८ खेल मात्र खेलेका छन् जसमा ५ खेल यो विश्व कपमा रहेको छ।
फर्नान्डेजले समूह सी मा मेक्सिको विरुद्ध अर्जेन्टिनाको जितमा गोल गरेका थिए र अस्ट्रेलिया र नेदरल्याण्ड्स विरुद्धको नकआउट जीत सहित विश्व कपको अन्तिम तीन खेल सुरुवाती खेलाडीको रूपमा खेल्दै आएका छन्।
🥈| Liverpool’s interest in Enzo Fernandez is true and they have approached the Benfica midfielder with a contract offer. [@VarskySports] pic.twitter.com/fVg9BgqueK
— Anfield Edition (@AnfieldEdition) December 12, 2022
यो विश्व कपमा उनको उत्कृष्ट प्रदर्शन पछि अर्जेन्टिनाका सुपरस्टार मेस्सीले पनि उनको प्रशंसा गरेका थिए र हाल खबर अनुसार लिभरपुलका कोच क्लोप उनी सँग धेरै प्रभावित भएका छन् र उनलाई क्लबमा भित्राउने क्लोपको योजना रहेको छ।
Es cierto el interés de Liverpool por Enzo Fernández e incluso le acercó una oferta de contrato al jugador. No hay, todavía, negociación con Benfica. Su cláusula de salida es de 120 millones de euros. Real Madrid también lo tiene en el radar. pic.twitter.com/efrwtUNKHn
— VarskySports (@VarskySports) December 12, 2022
फर्नान्डेजले जुनमा अर्जेन्टिनाको रिभर प्लेटबाट पोर्चुगिज क्लबमा आबद्ध भएदेखि बेन्फिकाका लागि २४ खेलमा तीन गोल गरेका छन्। उनको सम्झौतामा €१२० मिलियनको रिलिज क्लज रहेको जानकारी छ जसको प्रयोग गर्दै लिभरपुलले उनलाई भित्राउन सक्ने छ।