जाभीको नेतृत्वमा बार्सिलोनाको पहिलो हार

ला लिगामा बार्सिलोना पराजित भएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना रियल बेटिससँग १-० गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनाले घरेलु मैदानमै हार व्यहोरेको हो ।

क्याम्प नाउमा बेटिसलाई जित दिलाउन जाउन्मीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७९ औं मिनेटमा जाउन्मीले गोल गरे ।

यस जितसँगै बेटिस अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

बेटिसले १६ खेलमा ३० अंक जोडेको छ ।

बार्सिलोना २३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।