जापानीज डिफेन्डर माथी टोटनह्यामको नजर

एजेन्सी, इटालियन क्लब बोलोग्नाका जापानीज डिफेन्डर टाकेहिरो टोमियासु भित्र्याउन इङलिस क्लब टोटनह्याम इच्छुक देखिएका छन्। रिपोर्टका अनुसार टोटनह्याम उनलाई करिब १५ मिलियन पाउन्डमा भित्र्याउन चाहन्छन्।

टोटनह्यामले नयाँ प्रशिक्षक नियुक्त नगरेतापनी क्लब उनलाई भित्र्याउन व्यस्तताका साथ काम गरिरहेको बताइएको छ। गत सिजनको मध्यमा नै टोटन्ह्यमले आफ्नो तात्कालिन प्रशिक्षक जोसे मोउरिनियोलाई निष्कासन गरे पछी क्लब नयाँ प्रशिक्षकको खोजीमा पनि लागेको छ।
२२ वर्षका जापानीज डिफेन्डर टोमियासु २०१९ मा बोलोग्नामा अनुबन्ध भएका थिए। रिपोर्टका अनुसार टोमियासु पनि प्रेमियर लिगमा खेल्न इच्छुक छन्। उनले बोलोग्नाका लागि ६३ खेल खेल्नुका साथै ३ गोल पनि गरेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि २२ खेल खेल्नुका साथै १ गोल पनि गरेका छन्।