जापानीज डिफेन्डर भित्र्याउन आर्सनल सफल

एजेन्सी, इटालियन क्लब बोलोग्नाका जापानीज डिफेन्डर टाकेहिरो टोमियासु भित्र्याउन इङलिस क्लब आर्सनल सफल भएका छन्। रिपोर्टका अनुसार उनी २० मिलियन युरो तथा थप ३ मिलियन युरोमा बोलोग्नाबाट आर्सनलमा अनुबन्ध हुँदै छन्।

२२ वर्षका जापानीज डिफेन्डर टोमियासु २०१९ मा बोलोग्नामा अनुबन्ध भएका थिए। यस अघि अर्को इङलिस क्लब टोटनह्यामको नजर पनि उनी माथी रहेको भनिएको थियो।
उनले बोलोग्नाका लागि ६३ खेल खेल्नुका साथै ३ गोल पनि गरेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि २३ खेल खेल्नुका साथै १ गोल पनि गरेका छन्।