जापानसंग जर्मनी स्तब्ध

फिफा विश्व कप २०२२ कतारमा जापानले जर्मनीबिरुद्द रोमान्चक जित हासिल गरेको छ ।

सुरुवाती अग्रता लिएको जर्मनीलाई जापानले २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३३ औं मिनेटमा जापानका गोलकिपरले जर्मनका खेलाडीलाई फौल गरेपछि पेनाल्टी पाएको थियो त्यसै पेनाल्टीलाई जर्मनीका गुन्डोगानले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए ।

जापानका डोएनले ७५ औं मिनेटमा गोल गर्दै जापानलाई बराबरीमा ल्याए ।

८३ औं मिनेटमा एसानोले गोल गर्दै जापानलाई २-१ को रोमान्चक जित दिलाउदै जर्मनीलाई स्तब्ध पारे ।

समुह इ मा जापानले पहिलो खेल मै जित दर्ता गर्दै शीर्ष स्थानमा रहन सफल भएको छ भने हाल जर्मनी पुछारमा रहेको छ ।

यसै समुहको अर्को खेल स्पेन र कोस्टा रिका बिचको खेल ९:४५ मा सुरु हुनेछ ।