जापानमा वृद्ध जनसंख्या बढ्ने क्रममा रहेका कारण केही वर्षभित्र त्यहाँ श्रमिक अभाव चरम हुने देखिएको छ । विदेशी कामदार तान्न केही कदमहरु चालिएका भए पनि ती पर्याप्त छैनन् । आजको लेखमा रोजगारीको खोजीमा रहेका विदेशीका लागि हुने १४ ओटा करियरका बारेमा केही जानकारी प्रस्तुत गरिएको छ ।
१. इञ्जिनीयरिङ
जापानका अधिकांश इलेक्ट्रोनिक, अटोमोटिभ र उच्च म्यानुफ्याक्चरिङ उद्योगमा विदेशी इञ्जिनीयरका लागि रोजगारी खुला छ । जापानमा इञ्जिनीयरका लागि आकर्षक रोजगारी उपलब्ध छन् ।
२. सूचना प्रविधि
जापानका केही सूचना प्रविधिले स्थानीय बजारमा कम्तिमा पनि केही थोरै विदेशीहरु काममा भर्ना गरेका छन् । यो संख्यामा वृद्घि हुने देखिएको छ ।
३. इन्भेष्टमेण्ट बैङ्किङ
जापानका इन्भेष्टमेण्ट बैङ्कहरुले एक वर्ष ठूलो परिमाणमा विदेशी कर्मचारी भर्ना गर्छन् र अर्को वर्ष त्यत्तिकै परिमाणमा कर्मचारीलाई विदा दिन्छन् । यहाँ एकदमै अस्थिर वातावारण छ । यस जागिरमा प्रतिस्पर्धा पनि निकै छ तर जापानी भाषाको कौशल प्राय आवश्यक हुन्छ ।
४. अंग्रेजी शिक्षक
जापानमा विदेशीका लागि सबैभन्दा राम्रो जागिर हो अंग्रेजी शिक्षक । पहिला पहिला त यस जागिरमा पर्याप्त आम्दानी हुन्थ्यो भने आजकाल केही भाषा स्कूलहरुले कर्मचारीको तलव वर्षौंसम्म पनि नबढाएका उदाहरण छन् । यो जागिर आज निकै कठिन अवस्थामा भएपनि जापानका सबै प्रिफेक्चरमा यो जागिर उपलब्ध छ ।
५. जापानी कम्पनी विश्वमा विस्तार हुँदैछ
केही प्रमुख जापानी कम्पनीहरु विश्व बजारमा विस्तार हुने क्रममा छन् । यी कम्पनीहरु विदेशी व्यावसायिक विज्ञको खोजीमा हुन्छन् ।
६. साना व्यवसाय
जापान विश्वमा व्यवसाय गर्न सहज राष्ट्रको सूचीमा २० औं स्थानमा पर्छ । सानो व्यवसाय शुरु गर्न पक्कै पनि गाह«ो त हुन्छ र त्यो पनि विदेशी भूमिमा । तैपनि केही विदेशी उद्यमीहरु जापानमा सफल पनि बनेका छन् ।
७. मोडल
जापानको प्रिण्ट विज्ञापनमा थसपै्र विदेशी मोडलको आवश्यकता पर्छ । जापानमा थारै समयपछि नै मोडलहरु पुराना हुन्छन् । मोडलहरु छोटो अवधिको सम्झौताका लागि विदेशबाट झिकाइन्छ ।
८. विक्री
जापानमा बेलाबेलामा व्यवसायदेखि व्यवसाय विक्रीहरु भइरहेका हुन्छन् जसका लागि विदेशी सेल्स पर्शनको आवश्यकता पर्छ ।
९. रिक्रुटर
जापानी र विदेशी कम्पनीका लागि विदेशी व्यावसायिकहरु आपूर्ती गर्न टोकियोमा विदेशी रिक्रुटिङ कम्पनीहरु सञ्चालित छन् । ती कम्पनीहरु कमिशनका आधारमा काम गर्छन् र एक वर्षमा उनीहरुले राम्रो आम्दानी गर्न सक्छन् ।
१०. अनुसन्धान तथा प्राध्यापक
अनुसन्धान र विकासमा धेरै खर्च गर्नेमा जापान विश्वकै तेस्रो स्थानमा रहेको छ । त्यसैले जापान जहिल्यै पनि आफ्नो क्षेत्रका विज्ञ अनुसन्धानकर्ताहरुलाई भर्ना गर्न लालयित रहन्छ । रोबोट अनुसन्धान जस्ता क्षेत्रका लागि जापान अनुसन्धानकर्ताहरुको प्रमुख गन्तव्य हो । त्यस्ते प्राध्यापकहरुका लागि पनि जापानलाई राम्रो मान्न सकिन्छ ।