जादोन सान्चो साइन गर्न ६ ठुला क्लबहरु प्रतिस्पर्धामा

६ युरोपेली क्लबहरु जादोन सान्चोका लागि बरुसिया डार्टमन्डको सम्पर्कमा रहेका छन्।

स्काई ड्यूचल्याण्डका अनुसार म्यान्चेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, चेल्सी, बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट-जर्मेन सबैले सान्चोको बारेमा प्रारम्भिक सोधपुछ गरेका छन्।

तर उक्त क्लबहरुलाई बरुसिया डोर्टमन्डले राम्रो खबर दिएका छैनन्, खबर अनुसार डोर्टमन्डले उक्त युवा स्टारलाई जनवरीमा क्लब छोड्न अनुमति न दिने योजना गरेको छ।

सान्चो ट्रान्सफर विन्डोमा प्रिमियर लिगमा फर्कने हल्ला चल्दै थियो जुन डोर्टमन्ड प्रमुखहरूले पहिले स्वीकार गरे र खेलाडी बेच्न पहल गर्दै गरेको डोर्टमन्ड दाबी थियो ।

तर यस्तो देखिन्छ कि उनलाई बेच्ने समय अझै आएको छैन, जनवरीमै उनको उपयुक्त प्रतिस्थापन साइन गर्न क्लब असफल हुन सक्ने डार्टमन्डको चिन्ता रहेको छ ।

गर्मीको ट्रान्सफर विन्डोमा भने उनलाई क्लबले बेच्ने अधिक संभावना देखिन्छ।