‘जादोन सान्चो अपमानित र बलि को बकरा जस्तो महसुस गर्दै छन्’

जाडोन सान्चोले बोरूसिया डर्टमन्ड छोड्ने सम्भावना देखिन्छ र क्लबमा उनको भर्खरको प्रदर्शनको कारण उनि सबै दोष आफुमा परेको जस्तो महसुस गर्दै गरेको खबर छ।

१९ वर्षीयलाई एक खेलको लागि हटाइएको थियो र £८६,०००को जरिवाना पनि लागेको थियो जब अक्टोबरमा इन्ग्ल्यंदको ड्युटीबाट उनि ढिलो फर्किए।

त्यसपछि बायरन म्युनिक बिरुद्धको खेलमा उनलाई ३५ मिनेटमा प्रतिस्थापन गरियो उक्त खेलमा डर्टमन्डले लजास्पद हारको सामना गरेको थियो।

द एथलेटिक को अनुसार यो घटना पछि “सान्चोलाई उसको नियोक्ताहरूले अपमानित, बेइज्जत र असुरक्षित महसुस गराएको छ।”

सबै दोष उनि माथि गरेको र बलि को बकरा जस्तो व्यवहार गरेको जस्तो उनको भावना रहेको खबर छ।

म्यानचेस्टर युनाइटेड र लिभरपूल दुबै उनलाई साइन गर्न चाहन्छन् र उनको हालको अवस्थाले दुवै क्लबलाई मदत गर्न सक्ने छ।