जादोन सान्चोको लागि बोरुसिया डर्टमन्डले माग्यो यति रकम

बोरुसिया डर्टमन्डले औद्नो गर्मीमा जादोन सान्चोको माग मूल्य निर्धारित गरेको छ। म्यानचेस्टर युनाइटेड र चेल्सी दुबै १९-बर्षेका स्टार साइन गर्न ठूलो खर्च गर्न तयार छन्।

खबर छ डर्टमन्डलेले वार्तामा सहमति गर्न कम्तिमा £१०० मिलियनको माग गर्ने छ।

डर्टमन्डको आशा छ कि सान्चोको लागि प्रीमियर लीगका दिग्गजहरू ‘बिड’ युद्ध गर्ने छन्। सान्चको पुरानो क्लब, म्यानचेस्टर सिटी, संगो उनलाई फेरी साइन गर्ने विकल्प छ।

यद्यपि सिटि उनलाई इतिहादमा फिर्ता ल्याउन इच्छुक छैन।

जादोन सान्चोको प्रदर्शन हाल निकै उत्कृष्ट रहेको छ तर उनले बोरुसिया डर्टमन्ड छोड्ने खबर छ र उनि प्रीमियर लीगमा फर्किने ठुलो सम्भावना रहेको छ।