जाकुइन ला लिगामा ह्याट्रिक गर्ने जेठो खेलाडि

बेटिसका लेजेन्ड जाकुइनले खेलको सुरुवाती २० मिनेट भित्र एथलेटिक्स बिल्बाओबिरुद्ध ह्यट्रिक गर्दै ला लिगामा ईतिहास रचेको छ।

बेटिज विङर आईतवार बिल्बाओबिरुद्ध ह्यट्रिक गोल गर्दै ला लिगामा ह्यट्रिक गर्ने जेठो खेलाडीको ईतिहास रचेको हो।

एस्टलेटियो बेनिटो भिलमारिनमा एथलेटिक बिलबाओसँगको खेलमा २० मिनेटमा ३ गोल गर्दै ३८ बर्षिय आफ्नो टोलीलाई जित दिलाएको हो। खेलमा एथ्लेटिक बिल्बाओले फर्कने प्रयास भने गरेको थियो। इन्काइ विल्लियमले ४४ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काएको थियो। त्यस्तै ७५ मिनेटमा युरी बेन्चिछेले गोल गर्दै खेल ३-२ को स्थितीमा पुराए। त्येस पछि कुनै पनि टोलीले गोल गर्न नसक्दा खेल बेटिसले जित्न सफल रहयो।

उनको ३ गोलसंगै उसको ला लिगा ६ गोल गरी सकेको छ जुन गत सिजन उसको कुल गोल हो।

जाकुइनले स्पेनको लागि ५१ खेल खेलिसकेका छन। उन्ले आफ्नो खेल जिबन बेटिसबाट सुरु गरेको थियो र २००६ मा भ्यालेन्सिया गएको थियो।