“जाओ फेलिक्स सबैभन्दा उत्कृष्ट बन्न चाहन्छन”

Joao Felix of Atletico de Madridduring the match Atletico de Madrid v Valencia CF, of LaLiga 2019/2020 season, date 9. Wanda Metropolitano Stadium. Madrid, Spain, 19 OCT 2019. (Photo by pressinphoto/Sipa USA)

म्याड्रिड डर्बी अगाडी लुइस स्वारेजले आफ्नो टिमको बारेमा खुलेर कुरा गरेका छन्। रियल म्याड्रिड विरुद्ध उनी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन तयार छन् भने उनले आफ्नो टिमको पनि प्रशंसा गरे।

उक्त खेलको बारे कुरा गर्दै उनले भने: “रियल विरुद्धको खेल जहिले विशेष रहेको छ। “यो खेलमा तपाइले आफूलाई प्रमाणित गर्न सक्नु हुने छ। यो खेलले खेलाडीहरू संग निकै धेरै माग गर्ने छ र यो खेल हेर्न पनि निकै रोमाञ्चक हुने छ।

एटलेटिकोका युवा स्टार फेलिक्सको बारे बोल्दै उनले भने: “स्पष्ट रूपमा फेलिक्स एक खेलाडी हुन् जसको बारे सबैलाई थाहा छ र बलमा उनको प्रतिभाको बारे पनि सबैलाई थाहा छ।

“उनी एक यस्तो खेलाडी हुन् जसले खेलमा परिवर्तन ल्याउन सक्छन्। उनको राम्रो संग विकास हुँदै छन् भने उनी सबैभन्दा उत्कृष्ट बन्न चाहन्छन्।”

एटलेटिको म्याड्रिडले आइतबार म्याड्रिड डर्बीमा रियल म्याड्रिडको विरुद्ध खेल्ने छ। सो खेल नेपाली समय अनुसार रातीको ९ बजे हुने छ।