जाओ फेलिक्सलाई साइन गर्ने मुख्य दाबेदार यो प्रिमियर लिग क्लब

ला लिगा क्लब एट्लेटिको म्याड्रिडका पोर्चुगिज स्टार जाओ फेलिक्सले क्लब इच्छुक रहेका बेला उनलाई साइन गर्न प्रिमियर लिग क्लब एस्टन भिल्ला इच्छुक रहेको जानकारी छ।

एट्लेटिकोले रेकर्ड मूल्यमा फेलिक्सलाई २०१९मा बेन्फिकाबाट £११३ मिलियनमा साइन गरेको थियो तर हाल उनले एट्लेटिकोमा धेरै खेल समय पाएका छैनन् जसको कारण उनी क्लबमा खुसी छैनन् भने उनी क्लब छोड्ने तयारीमा रहेको बेला धेरै क्लबहरूको नजर उनी माथि रहेको छ भने एस्टन भिल्ला पनि सो क्लब मध्ये एक बनेको छ।

यो सिजन डिएगो सिमोनेले आफ्नो स्टार खेलाडी जाओ फेलिक्सलाई धेरै खेल समय दिएका छैनन् भने यो सिजन उनले केवल १६ खेल खेलेका छन् र धेरै जस्तो समय उनी बेन्चमा हुने गरेका छन् र क्लबमा आफ्नो अवस्थाबाट खुसी नरहेको र आउँदो ट्रान्सफर विन्डोमा उनले क्लब छोड्न सक्ने जानकारी छ।

एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको ग्रुप स्टेजबाटै बाहिरिएको कारण पनि फेलिक्स क्लब छोड्न तयार हुने सक्ने जानकारी ।

एस्टन भिल्ला सहित लिभरपुल र म्यानचेस्टर युनाइटेड सँग पनि उनको नाम जोडिएको छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ