जर्मन स्टार मिडफिल्डरको लागि लिभरपूलले बार्सिलोना र रियल म्याड्रिड संग प्रतिस्पर्धा गर्ने।

लिभरपूलले £१०० मिलियन मूल्य रहेको लिभरकुसेनका जर्मन स्टार साइन गर्न सक्ने खबर छ।

खबर छ कि लिभरपूलले आउँदो ग्रीष्मकालीनको ट्रान्सफर विन्डोमा बायर लिभरकुसेनका स्टार काई हाभर्टज साइन गर्न प्रयास गर्ने छ ।

यो दावी गरिएको छ कि लिभरपूलले सम्भवतः बायर्न म्यूनिख , बार्सिलोना र रियल म्याड्रिड जस्ता ठूला नामहरू संग प्रतिस्पर्धा गर्ने छ उनको हस्ताक्षरको लागि।

जर्मनीका स्टार अहिले विश्वको सबैभन्दा उच्च मूल्यांकन गरिएको युवा खिलाडी मध्ये एक हुन्।

केवल २० बर्षमा, हाभर्टजले बायर लेभरकुसेनको लागि १२८ खेल खेलेका छन् र ३३ गोल गरेका छन्, जबकि उनले जर्मन राष्ट्रिय टोलीका लागि सात क्याप कमाएका छन्,र एक गोल पनि गरेका छन्।