जर्मन स्टार खेलाडी द्वारा राष्ट्रिय टोलिबाट सन्यासको घोषणा

एजेन्सी, स्पेनिश क्लब रियल मड्रिडका स्टार जर्मन मिडफिल्डर टोनि क्रुसले राष्ट्रिय टोलिबाट सन्यास लिने घोषणा गरेका छन्। रिपोर्टका अनुसार उनले राष्ट्रिय टोलिबाट सन्यास लिइ रियल मड्रिड तर्फ आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गर्ने घोषणा गरेका हुन्।

उनले २०१० मा आफ्नो राष्ट्रिय टोलिका लागि डेब्यु गरेका थिए। उनको जर्मन राष्ट्रिय टोलिमा डेब्यु पछि उनले आफ्नो राष्ट्रिय टोलिका लागि १०६ खेल खेलेका छन् जस्मा उनल १७ गोल पनि गरि सकेका छन्। उनले आफ्नो राष्ट्रिय टोलिसँग २०१४ को विश्व कप जित्न पनि सफल भएका थिए।
३१ वर्षका जर्मन मिडफिल्डर क्रुस २०१४ मा रियल मड्रिडमा अनुबन्ध भएका थिए। उनले रियल मड्रिडका लागि भने ३२० खेल खेली सकेका छन्। युरो २०२० अन्तर्गत राउन्ड अफ १६ मा इङ्ल्याण्ड विरुद्धको खेल नै उनको आफ्नो राष्ट्रिय टोलिका लागि अन्तिम खेल थियो।