जर्मन लेजेन्द कोच म्यानचेस्टर युनाइटेडमा नियुक्ति हुन नजिक 

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना प्रशिक्षक ओले गनर सोल्सरलाई बर्खास्त गरे पछि हाल अन्तरिम कोचको रुपमा जर्मन लेजेन्द कोच राल्फ रांगनिकलाई भित्राउन युनाइटेड नजिक रहेको जानकारी छ।

हालको लागि भने केयर टेकरको रुपमा माइकल क्यारिक युनाइटेडलाई म्यानेज गर्दै तर सिजनको अन्त्य सम्मको लागि अन्तरिम कोच कोच साइन गर्ने युनाइटेडको योजना रहेको थियो र पूर्व आरबी लाइपजिग कोच राल्फ रांगनिक युनाइटेडको नयाँ कोचको रुपमा नियुक्ति हुन नजिक रहेको रिपोर्ट छ।

जर्मन प्रबन्धक राल्फ रांगनिकलाई युनाइटेडले ६ महिनाको लागि अन्तरिम प्रबन्धकको रूपमा क्लबमा गर्ने र नयाँ मुख्य कोच साइन गरे पछि उनलाई थप दुई वर्ष सल्लाहकार भूमिकामा राख्न जहाँ उनी क्लबको ठुलो निर्णयहरूमा संलग्न हुने जानकारी छ।

युनाइटेडले आफ्नो नजर अर्नेस्टो भाल्भर्डे, लुसियन फाभ्रे, पाउलो फोन्सेका र रुडी गार्सियामा पनि राखेको थियो तर हाल खबर अनुसार राल्फ रांगनिकलाई युनाइटेडले छनोट गर्ने छ।

प्रेमियर लिग अन्तर्गतको खेलमा युनाइटेडले वाट्फर्डसँग ४-१ को हार बेहोरेपछि ओले बर्खास्त भएका हुन् र हाल उनको ठाउँ माइकल क्यारिकले लिए पनि अन्तरिम कोच साइन गर्ने युनाइटेडको योजना रहेको थियो ।