जर्मन फुटबलको सबैभन्दा सफल क्लब मध्ये एक साल्के रेलिगेसनमा

यो सिजन खराब प्रदर्शन जारी रहे पछि, साल्के ०४ आधिकारिक रूपमा मङ्गलवार बुन्डेसलिगाबाट तल झरेको छ। शीर्ष उडानमा लगातार ३० वर्ष पछि, साल्के ०४ दोस्रो डिभिजनको लिगमा पुगेको छ।

साल्के जर्मन फुटबलको सबैभन्दा सफल क्लबहरू मध्ये एक रहेको छ र साल्केको रेलिगेसनले फ्यानहरू दु: खी र आक्रोशित रहेका छन्।

आर्मिनिया बिलेफेल्ड सँगको १-०को हार पछि साल्के रेलिगेसन पर्ने निश्चित भएको थियो उक्त हार सिजनको २१ औँ हार रहेको छ।

अहिले सम्म यो सिजन साल्के मात्र दुई खेल जित्न सफल भएको छ भने ७ बराबरी र २१ हारको साथ लिगको सबैभन्दा तल्लो स्थानमा रहेको छ र केवल १३ अङ्क जोड्न सफल भएको छ।

रेलिगेसनमा परे पछि अर्को सिजन साल्केले २.बुन्डेसलिगा खेल्ने छ। हाल क्लब €२०० मिलियनको ऋणमा रहेको जानकारी छ भने अर्को सिजन क्लबको अवस्था झन् खराब हुने अनुमान छ। जर्मन फुटबलमा साल्के तेस्रो सबैभन्दा सफल क्लब हो। साल्के ०४ले लिग र कपहरू गरेर १५ जर्मन उपाधिहरू जितेको।

साल्केका फ्यानहरू हाल धेरै आक्रोशित छन् भने फ्यानहरूले टिम बसमा आक्रमण गरेको पनि खबरहरू छ। १९८८ देखि साल्के रेलिगेसनमा परेको थिएन ।