हाल सामाजिक सञ्जालमा जर्मन क्लब कार्ल्सरुहर एससीको अनौंठो कनर किक प्रयासको भिडियो भाइरल हुँदै गएको छ।
😬😬😬 https://t.co/WG5z0tGFg5 pic.twitter.com/pPsuEC25N5
— Carl Carpenter (@C_Carpenter14) February 7, 2021
प्राय कनर किकमा खेलाडीहरू डि-बक्स भित्र बललाई हेद गर्ने लक्ष्यको साथ बस्ने गर्छन् तर कार्ल्सरुहर एससीले जाह्न रेजेन्सबर्ग विरुद्धको खेलमा निकै अनौठो कनर किक प्रयास गरे।
कार्ल्सरुहरले कनर लिने क्रममा कार्ल्सरुहरका एक खेलाडी मात्र बक्स भित्र थिए भने बाकी खेलाडीहरू बक्स बाहिर थिए र कार्ल्सरुहरका खेलाडीले कनर प्रहार गर्दा डि-बक्स बाहिरका सबै खेलाडी भित्र आए र क्रिस्टोफ कोबाल्ड गोल गर्न धेरै नजिक थिए तर कार्ल्सरुहरको त्यो अनौठो प्रयास सफल हुन सकेन।
सो खेल जर्मन फुटबल लिगको दोस्रो डिभिजनको थियो भने सो खेल ०-०को बराबरीमा अन्त्य भएको थियो।