जर्मनी विरुद्ध रोनाल्डोको यस्तो उत्कृष्ट नो-लुक फ्लिक 

युरो कपमा जर्मनीले साबिक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको थियो, म्युनिखमा शनिवार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो। उक्त खेल निकै प्रत्याशित रहेको थियो भने खेल निकै रोमाञ्चक पनि रह्यो।

खेलमा पोर्चुगलले जित हासिल गर्न नसके पनि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको खेलको हाल चर्चा हुँदै छ। उनले खेलको १५ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए भने खेलको २१ औँ मिनेटमा उनले गरेको फ्लिकको हाल भिडियो भाइरल हुँदै गएको छ।

खेलको २१औँ मिनेटमा बलको लागि रोनाल्डो र जर्मन डिफेन्डर रुडिगर गर बिच प्रतिस्पर्धा भएको थियो र रोनाल्डोले निकै उत्कृष्ट नो-लुक फ्लिक गर्दै बल आफ्नो टिम मेटलाई पास गरे।

हाल रोनाल्डोको उक्त फ्लिकको भिडियो भाइरल हुँदै गएको छ। जारी युरोमा तेस्रो गोल पूरा गरेका रोनाल्डोको युरो कपमा कीर्तिमानी १२ औँ गोल हो । तर, खेलको ३५ औँ मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको स्थितिमा आयो ।

३९ औँ मिनेटमा राफायलले आत्मघाती गोल गरेपछि जर्मनीले पहिलो हाफमा २-१ को अग्रता बनायो । जोसुवा किमिचको क्रस क्लियर गर्ने क्रममा राफायलले आफ्नै पोस्टमा गोल गरेका हुन् । दोस्रो हाफमा जर्मनी थप आक्रामक बन्यो । खेलको ५१ औँ मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३-१ को अग्रता दिलाए । ६० औँ मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए । उनले किमिचको पासमा गोल गरेका हुन् ।

त्यसपछि खेलको ६७ औँ मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काएपनि जर्मनी ४-२ ले विजयी भयो ।