फिफा विश्वकप २०२२ को छनोटमा जर्मनी घरेलु मैदानमा नर्थ म्यासेडोनियासँग २–१ ले पराजित भए पछि उक्त खेलको धेरै चर्चा भएको थियो भने खेलमा टिमो वर्नरले अविश्वसनीय मिस गरे पछि उनको धेरै ट्रोल भएको थियो भने नर्थ म्यासेडोनियाका अखबारले पनि उनको ट्रोल गर्दै उनको लागि नर्थ म्यासेडोनियाको नागरिकता बनाए।
A Macedonian newspaper has ironically given Timo Werner a Macedonian Identity Card for his services in last night’s game [@VecerMk via @MaderSid] pic.twitter.com/VkaQVT8c2m
— Bayern & Germany (@iMiaSanMia) April 1, 2021
८० औँ मिनेटमा जर्मनीलाई अग्रता दिलाउन टिमो वर्नरले निकै राम्रो मौका पाए तर उनले बललाई राम्रो सँग किक पनि गरेनन्। खेलको ८०औँ मिनेटमा डि-बक्स भित्र इल्केया गुन्डोवानले टिमलाई निकै राम्रो पास गरे र उनी र गोल बिच केवल गोलकिपर अगाडी रहेको बेला उनले बललाई टच समेत गर्न सकेनन्।
Timo Werner is the German Fernando Torres
The guy has a highlight reel of disaster class finishing. pic.twitter.com/EdiHX15xKF
— Ewenam ❁ (@Ewoe_J7) April 1, 2021
उनको सो मिसको कारण नर्थ म्यासेडोनिया जित हासिल गर्न सफल भएको भन्दै “कृतज्ञता” को रूपमा टिमो वर्नरलाई नर्थ म्यासेडोनियाको परिचयपत्र प्रस्ताव गरिएको भन्दै उनको नर्थ म्यासेडोनियाका मिडियाहरूले ट्रोल गरे।
Timo Werner 🇩🇪 was offered a North Macedonian identity card as a sign of “gratitude”. 🤨 [@VecerMk via @MaderSid] #CFC pic.twitter.com/iNHHhgJZDv
— RouteOneFootball (@Route1futbol) April 1, 2021
उक्त नतिजापछि समूह ‘जे’ मा अर्मेनिया ३ खेलबाट ३ जितसहित ९ अङ्क जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अङ्क भए पनि हेड टु हेड र गोल अन्तरमा नर्थ म्यासेडोनिया दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । समान ३ अङ्क भए पनि रोमानिया चौथो तथा आइसल्यान्ड पाँचौँ स्थानमा रहँदा लिचेस्टाइन अङ्कविहीन हुँदै पुछारमा छ ।