जर्मनी विरुद्धको खेल पछि जापानका फ्यानहरूले गरे स्टेडियमको सर सफाइ

फिफा विश्व कप २०२२ कतारमा जापानले जर्मनीबिरुद्द रोमाञ्चक जित हासिल गरे पछि जापानका फ्यानहरू धेरै खुसी थिए भने जित पछि पनि जापानका फ्यानहरूले आफ्नो अनुशासन देखाउँदै स्टेडियमको सर सफाइ गरेका छन्।

जापानिजहरु आफ्नो अनुशासन र राम्रो व्यवहारको लागि धेरै प्रसिद्ध रहेका छन् भने जापानका फुटबल फ्यानहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो अनुशासन देखाउने गरेका छन् धेरै प्रायः खेल पछि जापानका फ्यानहरू उक्त स्टेडियम सफा गर्ने गर्दछन् र जर्मनी विरुद्धको उत्कृष्ट खेल पछि पनि जापानका फ्यानहरूले स्टेडियमको सर सफाइ गरेका छन्।

धेरै जस्तो फुटबल फ्यानहरू खेलको अन्त्य भए पछि आफ्नो टिमको जित मनाउन स्टेडियम बाहिर चाडै पुग्ने गर्छन् तर जर्मनी विरुद्धको ठुलो जित पछि पनि जापानका फ्यानहरू स्टेडियमको सर सफाइ गर्ने मै व्यस्त भए पनि खेलमा हार हुँदा पनि जापानका फ्यानहरू स्टेडियमको सफाइ गर्ने गरेका छन्।

२०२२को विश्व कप उद्घाटन समारोह पछि पनि जापानका फ्यानहरूले स्टेडियमको सर सफाइ गरेको फोटो भाइरल भएको थियो भने पछिल्लो विश्व कप र एसिया कपमा पनि जापानका फ्यानहरूले खेल पछि सर सफाइ गर्दै गरेको फोटोहरू देखा पर्ने गरेको छ।

उक्त खेलको सुरुवाती अग्रता लिएको जर्मनीलाई जापानले २-१ गोल अन्तरले हराएको हो ।

खेलको ३३ औँ मिनेटमा जापानका गोलकिपरले जर्मनका खेलाडीलाई फौल गरेपछि पेनाल्टी पाएको थियो त्यसै पेनाल्टीलाई जर्मनीका गुन्डोगानले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए  जापानका डोएनले ७५ औँ मिनेटमा गोल गर्दै जापानलाई बराबरीमा ल्याए ।

८३ औँ मिनेटमा एसानोले गोल गर्दै जापानलाई २-१ को रोमाञ्चक जित दिलाउँदै जर्मनीलाई स्तब्ध पारे ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ