जर्मनीलाई युरो २०२० को दावेदार भन्न मिल्दैन

टोनी क्रोसले जर्मनीमा अनुभवको कारण युरो २०२० को दावेदार भन्न नसक्ने जनाएका छन।

“हामीसँग अझै अनुभवको अभाव रहेको छ,” उनले भने।

“हामीलाई प्रतियोगिता पछि थाहा हुन्छ हामी कुन स्थानमा रहने छौ भनेर। हालको लागि हामी दावेदार भन्न सक्दैनौ।”

क्रोस र न्युएयरले जस्तै जिन्टर पनि ब्रोसिया पार्कमा आफ्नो प्रभाब छाडेका थिए। उन्ले जर्मनीको लागि २९ खेल पछि पहिलो गोल गरेसंगै दोस्रो र तेस्रो गोलका लागि महत्वापूर्ण योग्दान पुराए।

जर्मनीले बेलारुसलाई ४-० को फराकिलो अन्तरले जित्दै युरो कप २०२० को यात्रा तय गरेको हो।