जर्मनीको कठिन जित

एजेन्सी, जर्मनीले फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा लगातार दोस्रो जित निकालेको छ।

आइतबार राति भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गर्दै जर्मनीले साँघुरो जित निकालेको हो ।

जर्मनीको जितमा सर्जी गनाब्रीले निर्णायक गोल गरे । उनले खेलको १७ औं मिनेटमा काइ हाभर्टजको पासमा गोल गरेका थिए ।

यस जितसँगै जर्मनी समूह जेको शीर्ष स्थानमा रहेको छ । जर्मनीले २ खेलमा ६ अंक जोडेको छ ।

रोमानिया २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।