जर्मनीको उत्कृष्ट जित, गरे गोलको वर्षा

युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह सीको खेलमा जर्मनीले कमजोर टिम इस्टोनियलायृ ८–० ले हराएको छ ।

मेइन्जमा भएको खेलमा जर्मनीलाई जित दिलाउनका लागि मार्को रियुस, सेर्जी ग्नाब्रीले दुई दुई गोल गरे भने लियोन गोरेज्का, टिमो वेर्नर, लेरोई साने र इल्के गुन्डोगानले एक एक गोल गरेका थिए ।

१०औं मिनेटमा गोलको खाता खोलेका जर्मनीले पहिलो हाफ सकिँदा पाँच गोलको अग्रता लिदएको थियो । दोस्रो हाफमा उसले थप तीन गोल गर्‍यो । जितसँगै जर्मनीले समूह सीमा ९ अंक बनाएको छ । समूहमा उत्तरी आयरल्याण्ड शीर्ष स्थानमा छ ।