युभेन्टस कोच माउरिजियो सार्रीले जर्गेन क्लोपलाई ‘माइन्ड गेम’ खेलेको आरोप लगाए।
गत हप्ता जर्गेन क्लोपले च्याम्पियन्स लिग र युभेन्टसको बारे टिप्पणी गरेका थिए जस्लाई माउरिजियो सार्रीले ‘माइन्ड गेम’ भनेका छन्।
🗣 Klopp: “Juventus were my favourites for the Champions League before the season started. They have the biggest squad I have ever seen in my life.”
🗣 Sarri: pic.twitter.com/RPcVaIsqES
— Goal (@goal) February 15, 2020
लिभरपुलका कोच जर्गेन क्लोपले यो सिजनको च्याम्पियन्स लिग जित्ने मुख्य दाबेदार युभेन्टस रहेको भनेका थिए – र सार्रीका टोलीलाई “मैले मेरो जीवनमा देखेको सर्वश्रेष्ठ टिम” भनेर भनेका थिए।
तर सार्रीले जर्गेन क्लोपको उक्त टिप्पणीलाई आफ्नो टिमबाट दबाब र नजर हटाउन ‘माइन्ड गेम’ खेलेको आरोप लगाए।
“क्लोपले भने कि युभेन्टस च्याम्पियन्स लिगमा मुख्य दाबेदार हुन्? उनले यो पनि भने कि उनले धेरै इटालियन फुटबल हेर्दैनन्, जसले उनको भ्रमको वर्णन गर्दछ!” सार्रीले हाँस्दै भने।
Maurizio Sarri debunks Jurgen Klopp’s mind games ahead of Liverpool Champions League clashhttps://t.co/XbhtKzgeT4 pic.twitter.com/aorU8snkY1
— Daily Star Sport (@DailyStar_Sport) February 15, 2020
“उनी एक होशियार र रमाईलो मानिस हुन् र उनले यहाँ के गरेका छन् भने च्याम्पियन्स लिगमा आफ्नो टिम माथि दबाब हल्का गर्ने प्रयास र सो टिप्पणीले युभेन्टस माथि अपेक्षा बढाउने प्रयास गरेका छन् ।”