जब १७ बर्स पछि मानेले आफ्नो बाल्यकालको साथी भेटे

पछिल्लो हप्ताको एक अद्भुत कथा सादियो मानेको आफ्नो बाल्यकालको साथीसँगको पुनर्मिलन रहेको छ। अफ्रिका कप अफ नेशन्स क्वालिफाइ खेलको लागि आफ्नो राष्ट्रमा पुगेका माने १७ बर्स पछि अप्रत्याशित रूपमा आफ्नो बाल्यकालको साथी सोलोलाई भेटे

दुवै सानोबेला बमबली, सेनेगलमा संगै फुटबल खेल्ने गर्थे र गत हप्ता दुई बीच भेट भएको थियो। सोलो हाल बिसाउमा एक पुलिस अफिसर हुन् भने त्यो समय उनको जिम्मेवारी माने खेल्न आएको स्टेडियममा सुरक्षा दिने थियो। सो समय दुई बीच भेट भएको थियो। सोलोले मानेलाई सानोबेलाको तस्विर देखाएको थियो र दुई बीच बातचीत पनि भएको थियो।

विश्वको फुटबलको सर्वश्रेष्ठ खेलाडी मध्ये एक भए पनि माने, धेरै नम्र छन् र यो नयाँ उदाहरण हो उनको नम्रताको। उनले आफू हुर्केको ठाउँमा विद्यालय बनाउन £२,००,००० भन्दा बढीको रकमले मद्दत गरेका थिए र उनले स्थानीय मस्जिदमा शौचालय सफा गर्दै गरेको फोटो पनि भाइरल भएको थियो ।