जब स्पेनले मेस्सीलाई आफ्नो राष्ट्रिय टिमबाट खेलाउन प्रयास गरे

मेस्सीले २००४ जुन २९मा पहिलो पटक यु-२० अर्जेन्टिना राष्ट्रिय टोलीबाट खेलेका थिए, तर यस्तो दिन पनि थियो कि उनी स्पेनको राष्ट्रिय टोलिला खेल्न सक्थे। २००३मा फिनल्यान्डमा भएको यु-१७ विश्वकपको लागि स्पेनिस फुटबल फेडरेशनले मेस्सीलाइ आफ्नो टिममा समावेश गर्न चाहन्थे र मेस्सीलाइ स्पेनिस टिममा खेल्न सहमत गर्न प्रयास गरेका थिए ।

तर मेस्सी र उनका बुवाले यो कुरा स्पष्ट गरेका थिए कि मेस्सीले आफ्नो जन्मभूमि अर्जेन्टिनाको लागि नै खेल्ने छन्। मेस्सी आफ्नो राष्ट्रलाई धोखा दिन चाहँदैनन् थिए।

“मेसीलाई स्पेनको लागि खेलाउन लागि फेडरेसनले सबै प्रयास गर्यो। मेस्सीले सो कुरा अस्वीकार गरे किनकि उनी आफ्नो देशलाई माया गर्छन। उनको आगमन उत्तम हुने थियो।”- त्यो समयका स्पेनका कोच।

तर, पनि स्पेन अझै मेस्सीलाइ स्पेनको राष्ट्रिय टोलीमामा खेलेको देख्न चाहन्थे तर मेस्सीका बुवाले अर्जेन्टिनाका कोचलाइ मेस्सी अर्जेन्टिना राष्ट्रिय टोलीको सक्षम भैसकेको र मेस्सीलाइ एक मौका दिन सुझाव गरे र मेस्सीको खेल देखेर उनले मेस्सीलाइ १७ वर्षको उमेरमै राष्ट्रिय टोलिला समावेश गरे त्यो पछि स्पेनले उनलाई पछ्याउन बन्द गरे।