क्रिस्टियानो रोनाल्डोले ९ वर्ष रियल म्याड्रिड बिताए। उनले रियलमा धेरै उपाधिहरू जितेका छन् भन रियलको टिम मेटहरू सँग उनको निकै गहिरो सम्बन्ध बनेको थियो जस मध्ये रियलका फुल-ब्याक मार्सेलो उनी सँग धेरै नजिक थिए।
“Quando Cristiano Ronaldo saiu eu chorei a noite toda…”
– Marcelo pic.twitter.com/Zt1GjPe3lf
— Cristiano Ronaldo Brasil (@CR7Brasil) March 7, 2021
रोनाल्डो २०१८मा युभेन्टसमा गएका थिए भने उनको प्रस्थानबाट आफू निकै दु: खी भएको मार्सेलोले एक अन्तर्वार्तामा खुलाए। रियलमा रोनाल्डो र मार्सेलो बिच मैदान भित्र र मैदान बाहिर निकै राम्रो सम्बन्ध र साझेदारी रहेको थियो।
सपोर्ट इन्टरअतिभो सँग कुरा गर्दै रियलमा रोनाल्डो सँगको आफ्नो मित्रता बारे मार्सेलोले बोले। “हामी दुई धेरै नजिक थियौँ, हाम्रो मैदान भित्र मात्र हैन बाहिर पनि सम्बन्ध निकै राम्रो थियो। रोनाल्डो बारे उनले बोले
“हामी लिभरपूल बिरूद्धको च्याम्पियन्स लिग फाइनलको लागि प्रशिक्षणमा रहेको बेला रोनाल्डोले मलाई आफ्नो क्लब छोड्ने निर्णय बारे बताए।
“जब रोनाल्डोले रियल म्याड्रिड छोडे, म रातभरि रोएँ।” उनले सो अन्तर्वार्तामा खुलाए।
हाल मार्सेलो अझै पनि रियलमा छन् तर उनले धेरै खेल समय पाएका छैनन् र उनले पनि क्लब छोड्न सक्ने खबर छ। उनी पनि युभेन्टसमा जान सक्ने धेरै चर्चा रहेको छ भने हाल उनी रियलको बेन्चमा हुने गर्छन्।