जब रोनाल्डोले गोल गरे, विपक्षी खेलाडीले समेत रमाए

क्रिष्टियानो रोनाल्डोले हालै एक च्यारिटी म्याच खेलेका थिए । इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका उनले क्यान्सर पीडित बिरामीहरूको उपचारमा सक्रिय रहेको एक संस्थालाई सहयोग गर्ने हेतुले च्यारिटी म्याच खेलेका हुन् ।

‘म्याच अफ द हार्ट’ नाम दिइएको उक्त च्यारिटी फुटबल म्याचमा रोनाल्डोले आफ्नो जादू देखाए । उनले उक्त खेलमा गोल गरेका थिए । सो गोलको खुशी भने केही विशेष र बेग्लै भएको थियो । रोनाल्डोले गोल गरेपछि उनले आफ्नो ट्रेडमार्क शैलीमा गोलको सेलिब्रेसन गरेका थिए । जहाँ, रोनाल्डोलाई उल्टै विपक्षी टोलीका खेलाडीले त्यो खुशीयालीमा साथ दिए ।

रोनाल्डोको विपक्षी खेलाडी बनेका व्यक्ति खेलाडी नभएर एक चर्चित एवं प्रस्तोता गायक हुन् । रोनाल्डोको विपक्षी खेलाडी बनेका उनी चर्चित गायक तथा प्रस्तोता पाओलो बेली हुन् । बेलीले रोनाल्डोलाई उनको सेलिब्रेसनमा साथ दिएका थिए ।

बेली मात्र नभएर उक्त च्यारिटी फुटबल म्याचमा इटालियन लिजेण्ड फ्रान्सेस्को टोटी, आन्द्रे पिरलो तथा पाभेल नेडभेड जस्ता ठूला र चर्चित हस्तीहरूको पनि सहभागिता रहेको थियो ।