जब रोनाल्डोले आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको नाम लिए

युभेन्टसका सुपरस्टार रोनाल्डोले आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडीको बारे धेरै पटक बोलेका छन् र उनको जवाफमा एक खेलाडीको नाम हुने गरेको छ र उक्त नाम पूर्व चेल्सी स्टार एस्ली कोल रहेको छ। कोच म्याग सँग कुरा गर्दै उनले आफूले सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी एस्ली कोल रहेको बताए।

रियल आउन अगाडी म्यानचेस्टर युनाइटेड र पोर्चुगल राष्ट्रिय टोली सँग खेल्ने क्रममा उनले पूर्व चेल्सी र आर्सनल लेफ्ट ब्याक विरुद्ध धेरै खेलेका छन् र अहिले पनि उनी एस्ली कोललाई आफ्नो क्यारियरमा सामना गरेको सबैभन्दा कठिन विपक्षी खेलाडी मान्ने गर्छन्।

कोच म्यागसँग कुरा गर्दै पोर्चुगलका सुपर स्टारले पूर्व आर्सेनल र चेल्सी डिफेन्डरको प्रशंसा गरेका छन्।

“धेरै वर्षको दौडान मैले एस्ली कोल विरुद्ध धेरै खेलेको छु,” रोनाल्डो भने। “उनले तपाईँलाई सास फेर्न एक सेकेन्ड पनि दिँदैनन्।

“उहाँ यति कठोर खेलाडी थिए जब उहाँ आफ्नो बेस्टमा थिए, उनी द्रुत र कडासँग ट्याकल गर्ने खेलाडी थिए। उनी सँग कहिल्यै सजिलो खेल हुँदैन थियो।”

रोनाल्डो र कोलले प्रीमियर लिगमा र अन्तर्राष्ट्रिय ड्युटीमा धेरै पटक एक अर्का विरुद्ध खेलेका छन्।